Sunday, June 11, 2017

सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा


शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान रहेको छ । भने शेर्पा महिलाहरु सरकारी जागीरमा पनि अत्यन्तै न्यून रहेको भेला सोलुखुम्बु जिल्लाका दुर्गम गाउँ महाकुलुङ्ग -५ नुर्कुमका पेमा शेर्पा सरकारी जागिर छोडेर आगामी स्थानीय निकायको चुनावमा लाड्दै छन ।

२२ बार्षिय सुश्री पेमा शेर्पा आफ्नै गाउँका श्री घ्याङ्खर्क आधारभूत  बिधालयमा २ बर्ष देखी कार्यालय सहायक पदमा कार्यरत थिइन । उनले जनताको सेवा र समाजको बिकासका निम्ति बिधालयमा राजीनामा दिएर महाकुलुङ्ग गाउँपालिकाको वाड नं. -५ मा वाड महिला सदस्यमा टिकट पाएका छ । सरकारी जागीर भन्दा पनि राजनीतिमा सौखिन पेमा शेर्पा नेकपा एमालेबाट चुनाबी मैदानमा उत्रेका हुन ।

देशभरीका शेर्पा उम्मेदवारहरुको तुलनामा शेर्पा सबैभन्दा कान्छी उम्मेदवार पेमा शेर्पाले आफ्नो वाडमा आफुभन्दा सक्षम महिला अन्य पार्टीबाट उम्मेदवार नबनाएकोले आफ्नो उम्मेदवारी दिनुपरेको बताइन् । साथै आफुलाई अत्यधिक बहुमतले बिजयी गराउन सबैमा अग्रह गरिन ।

Friday, September 9, 2016

"उत्कृष्ट पर्यटकीय स्थाल बन्न सक्छ घ्याङ्खर्क "

"उत्कृष्ट पर्यटकीय स्थाल बन्न सक्छ घ्याङ्खर्क "
=========================== नेपाल  एक सुन्दर देश हो । यो आकारमा सानो भएता पनि प्राकृतिक सुन्दरता तथा कला संस्कृतिको दृष्टिकोणमा विशाल छ ।

बिस्वको सर्बोच्च शिखर सगरमाथाको देश, बिस्व शान्तिको अग्रदुत बुद्धको जन्मस्थल यहि आवस्थित छ । बिस्वको सर्बोच्च स्थान ८,८५८ मिटर देखि धनुषाको मुसाहरनिया ५९ मिटर सम्मको भौगोलिक बिबिधता रहेको मुलुक हो ।

नेपाल एक बिस्वको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा बिस्वमा परिचित भैसकेको छ । नेपालको  प्राकृतिक अनुपम सुन्दरता र संस्कृतिक बिबिधता लगायतका विशेषताका कारण पर्यटन क्षेत्र फस्टाएको छ । यति हुँदा हुँदै पनि पर्यटकीय दृस्टीले उत्कृष्ट संभावना बोकिएको नेपालका हजारौं पर्यटकीय स्थालहरुको बिकास गर्न  सकिरहेको छैन ।

त्यस्तै एक मनोहोरित सुन्दर दृश्य अवलोकनका लागि उत्कृष्ट भिउ पोइन्टको रुपमा सोलुखुम्बुको "घ्याङखर्क डाँडा" लाई लिन सकिन्छ । यो  सोलुखुम्बुको सदरमुकाम देखि दक्षिण मा अवस्थित छ । घ्याङ्खर्क समुन्द्री सतहबाट लगभग ३,६०० मिटरको उचाईमा सोलुखुम्बुको गुदेल र खोटाङ जिल्लाको सुङ्देल र भाकाचोला गबिसलाई छुटाउने सिमानाको रुपमा ठडिएको छ ।

यस भिउ पोइन्ट बाट  पुर्बका कन्चन जङ्ग , मकलु , कुसुम खङ्कारु , मेरा पिक , लगायत  महालङ्गुर हिमशृङ्खलका सयौं  पिक तथा हिमालको दृश्यलाई  कैद गर्न सकिन्छ ।  त्यस्तै दक्षिणमा उदयपुर, सिराहा ,खोटाङ लगायतका सुन्दर फाँट अनि गुदेल, बुङ ,छेस्काम  लगाएत सोलुखुम्बु , संखुवासभा तथा भोजपुरको अधिकांश भुभागको अवलोकन गर्न सकिन्छ ।

चौरी गाईको मायालु आवाज  अनि नौरङ्गी डाँफेको सुरिलो स्वार साथै  सल्ला , धुपि र सिमलको त्यो गुन्जयमान अनि मुटु छुने संगितमय ध्वनिले सबैको मन लोभ्याउने निश्चित छ ।  अनि शेर्पा संस्कृति संग गाँसिएको पुरातत्विक "माने" तथा शेर्पा ,तामाङ तथा राईको संस्कृति तथा जिबनशैली  बिशेश गरि आकर्षण केन्द्र बिन्दुको रूपमा लिन सकिन्छ ।

पर्यटकीय दृस्ठिकोणले सुन्दर  घ्याङखर्कको प्रबर्द्धन गर्न् जरुरी छ ।  उत्कृष्ट गन्तव्य स्थालको रुपमा स्थापित गर्न सबैले आअफ्नो ठाउँबाट साथ् र सहयोग गर्न जरुरी छ ।  नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित पर्यटनको बिकासमा नयाँ पर्यटकीय स्थालको पहिचान गर्न जरुरी छ । घ्याङ्खर्क  पर्यटकीय संभावना बोकेका विभिन्न स्थाल मध्ये  एक प्रतिनिधि  मात्र हुन । देशमा घ्याङखर्क जस्ता पर्यटकीय संभावना बोकेका हजारौं स्थालहरु छ्न । जसको परिचान तथा बिकासमा संबन्धित सबैको सकारात्मक ध्यानाकर्षण होस ।

पढिसके पछि तपाइँको अमुल्य  प्रतिक्रिया दिन नबिर्सनु होला ।

थुजिछे !
धन्यवाद !!

नुरु शेर्पा
गुदेल ६ नुर्कुम सोलुखुम्बु ।
nurusherpa98@gmail.com

Saturday, April 30, 2016

शेर्वा हिन्दे ??

शेर्वा हिन्दे दि मी ? 
दोङ्ला पङ्देन टिल्नो ।
ग्याप्ला माटेल जेर्नो ।

शेर्वा हिन्दे दि मी ?
उु ला आम्सा नुम्नो ।
साप्ला काजा नुम्नो ।

शेर्वा हिन्दे दि मी ?
आङ्गी, साम्जर नुम्नो ।
छुवा , तेतुङ नुम्नो ।

शेर्वा हिन्दे दि मी ?
शेब्रु, शिली सेकिनो ।
नाम्सा कोराला ठेकिनो ।

शेर्वा हिन्दे दि मी ?
शेर्वी ताम्ला लाप्किनो ।
लाक्ला ठेङ कोर्किनो ।

शेर्वा हिन्दे दि मी ?
दाअल्जा याक्पु डिकिनो।
नाम्सा काङ्रिला डिसिनो ।

नुरु शेर्पा
गुदेल- ६ , नुर्कुम सोलुखुम्बु ।

for comment or new article :- 
sherpaenews@gmail.com

Tuesday, April 19, 2016

शेर्पा लेख रचना पठाउनुस हामी प्रकाशन गर्नेछौ ।

शेर्पा भाषाको बिकास सगै शेर्पा समुदायका ज्वलन्त बिषयमा हामी सधै अग्रणी स्थानमा रहेर समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता गर्दाछौ । जसको लागि तपाईं सङ्ग पनि समाचार तथा शेर्पा भाषिक लेख रचना भएमा निम्ना ठेगानामा पठाउन अनुरोध गर्दाछु।

शेर्पा ई निउज परिवार,
उज्ज्वल शेर्पा समुदायको लागि ।

sherpaenews@gmail.com
sherpasargur@gmail.com

शेर्पा साहित्यमा रम्दै पेम्बा शेर्पा सहयात्री गोले ।

                     "ङला दाङ ङिराङ माटो"

ख्यारे ङला ल्हाने इन्दे, ङला दाङ ङिराङ माटो ।

सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो ।

थालमी ङिमा ख्य्वार्ला थोङ्सुङ, मिक्ला मिक तासुङ ।
ख्य्वारोङ छसे जेमु नोक सिन, दाल्जी टेङ्गी सासुङ ।

ङिग्न्जे ल्हाक्पा माने इन्दे, ङला दाङ ङिराङ माटो ।
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो ।

ख्य्वारोङ सिन मि जेमुती, जम्बुलिङ ला खनिङ
म्याथओङ।
ख्य्वार्ल ठेउ ङिमा ने ज्युङ, यम्ब ल्हाप्की सेमराङ
माच्युङ ।

ङ गा लङ्गी साने इन्दे, ङला दाङ ङिराङ माटो ।
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो ।

ख्युङ्ला ल्हानी जम्बुलिङ ला, मिमाङ बङी जा
लङ्गिनोक ।
ख्य्वेर ङिन्मा क्या ल्हासिनाङ, ङला छसे गा
लङ्गिनोक ।

मिक्ला मिक्च्युर बाने इन्दे, ङला दाङ ङिराङ माटो ।
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो ।

ख्य्वेर चाला देसिङ ङला, खानि खानि तोरु नासम ।
सेमराङ मेन्दु साप थुङुला, नुपकी ङि तोर्सुङ तासम ।

मिलाम नाङ्ला वाने इन्दे, ङला दाङ ङिराङ माटो ।
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो ।

किर्मु इन दुक्पा इन्सिङ, ख्य्वारे मुला देइँदे लासुङ ।
मिजी यम्बा लङ्गु सोङ्सिङ, ख्य्वारे चाला केइँदे लासुङ ।

पुका ख्य्वारे ख्याने इन्दे, ङला दाङ ङिरङ माटो ।
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो ।

पेम्बा शेर्पा सहयात्री गोले
गोलि , सोलुखुम्बु ।

Sunday, April 3, 2016

विश्व ईतिहासमै पहिलो चोटी शेर्पा भाषामा उद्द्घोषण तालिम प्रदान गरिदै

शेर्पा संचार समूह नेपाल द्वारा  बिस्व इतिहास मै  पहिलो चोटी शेर्पा भाषामा उद्द्घोषण तालिम प्रदान गरिदै छ ।   शेर्पा संचार समूह नेपाल ले पहिलो चोटि  सन्चालन गरेको शेर्पा भाषिक उद्द्घोषण तालीम आजबाट सुरु भएको छ ।
 



तालीम राजधानीको बौद्ध ,टुसालमा संचारकै कार्यालयमा सन्चालन भैरहेको छ । आज देखी सन्चालन भैरहेको तालीममा २१ जना शेर्पाहरुले उत्साहजनक रुपमा सहभागी जनाएको छ । १५ दिन सम्म सन्चालन हुने तालिममा शेर्पा रेडियोको संचालक नुरु छेपालज्यु ले प्रशिक्षण दिईरहनु भएको छ ।

Saturday, March 19, 2016

गृहमन्त्रीको उपस्थितिमा शेर्पा लोसार साँझ सप्पन्न !

    शेर्पा ई-निउज । चैत्र ७- काठमाडौं , नेपाल शेर्पा विद्यार्थी मन्च केन्द्रिय कमिटीको  आयोजनामा लोसर साँझ सप्पन्न गरेको छ ।उक्त लोसर साँझ नेपाल शेर्पा विद्यार्थी मन्चको अध्यक्ष निमादोर्जे शेर्पाको सभापतित्वा तथा गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
लोसर साँझको अवसरमा नेपाल भरिका झन्डै दुई दर्जन शेर्पा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
लोसर साँझमा विभिन्न शेर्पा संघ सस्था किदुक का अग्रजहरु लगायत हजारौं संख्यामा दर्शकहरु उपस्थित भएको थियो । भने उपस्थित दर्शकलाई नचाउन रोज मोक्तान , रोशन बालुवा , मिङ्मा शेर्पा, सन्दिप क्षेत्री , श्रेय सोताङ , सोनाम जाङ्बु शेर्पा, प्रीतम सेर्पा लगायत कलाकार हरुको उपस्तिथि भएको थियो ।

Friday, March 18, 2016

शेर्पा भाषिक उद्द्घोषण तालीम चैत्र २१ गते बाट सन्चालन गर्दै शेर्पा सन्चार समूह नेपाल ।

शेर्पा संचार समुह नेपालले संचालन गर्न लागेको १५ दिने शेर्पा भाषामा उद्घोषण तालिम यही चैत्र २१ गतेबाट सुरु हुने भएको छ ।
तामिल बेलुकी ४ देखि ५ बजेसम्म हुनेछ ।
तालिमका लागि इच्छुक व्यक्तिले चैत्र ७ देखि २० गते भित्रमा फारम भरि सक्नु पर्नेछ ।
फारम भर्नका लागि :-
१. १ प्रति फोटो
२. फारम शुल्क रु १०००
३. धरौटी रु १००० (धरौटी रकम तालिमको अन्तिम दिन फिर्ता हुनेछ।)

सम्पर्कका लागि :-

फुर्किमा शेर्पा : ९८६०९११४२०
कर्मा शेर्पा : ९८६०६१७३४३
निम्लेकी शेर्पा : ९८४३२२५३५२
नुरु शेर्पा : ९८४२९४९८४७

दर्ता भएको मध्ये २१% मात्र नवीकरण ।

शेर्पा ई-निउज । सोलुखुम्बु - सामाजिक सेवा गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलय सोलुखुम्ुबुमा दर्ता भएका गैरसरकारी संस्थाहरु मध्ये २१ प्रतिशतले मात्र नवीकरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालयको दर्ता फाँटमा रहेको तथ्यङ्क अनुसार सोलुखुम्बु जिल्लालाई कार्यक्षेत्र मानी ५ सय १ वटा सामाजिक संघसंस्थाहरु दर्ता भएका छन् । जसमध्ये हाल सम्म १ सय ७ वटा सामाजिक सँघ संस्थाले मात्र नविकरण गरेको छ । नवीकरण हुदै आएका २१ प्रतिशत गैरसरकारी संस्थाहरु मध्ये पनि अधिकाँशले समयमै साधारण सभा, लेखापरीक्षण तथा नवीकरण गर्न नसकेर हजर्ना तिरेर नविकरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी पँकज भुर्तेलले बताउनु भयो ।
 गैरसरकारी संस्थाहरु दर्ता गर्ने प्रतिस्पर्धाका कारण यत्तिका धेरै संख्यामा संघसंस्थाहरु दर्ता भएको हुनसक्ने सहायक प्रमुख जिल्ला भुर्तेलको ठहर छ । ‘सबै नविकरण भएको भए २ लाख ५० हजार ५ सय राजस्व संकलन हुनु पर्ने हो तर सबै नविकरण हुन नसक्दा राजश्व पनि जम्मा हुन सकेको छैन ।’ 
दर्ता भएका संघसंस्थाको नवीकरण गर्नैपर्ने र पाँच वर्षसम्म नविकरण नगर्दा पनि दर्ता सूचीबाटै हटाउने व्यवस्था नभएकोले पनि प्रत्येक साल नविकरण हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी भुर्तेलको भनाई छ ।

शेर्पा विद्यार्थी मञ्चले गर्यो पत्रकार सम्मेलन !

शेर्पा ई-निउज , । चैत्र ६ गते दिउँसो ३ बजेबाट शुरु हुने
‘शेर्पा लोसार साँझ’ कार्यक्रमबारे जानकारी दिन
पत्रकार सम्मेलन आयोजना भएको छ । नेपाल शेर्पा
विद्यार्थी मञ्चले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि साँझको बारेमा जानकारी दिए ।
पर्यटनबोर्डमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे औचित्य पुष्टि गर्दै मञ्चका अध्यक्ष निमा दोर्जी शेर्पाले कार्यक्रमले शैक्षिक जगतमा शेर्पा समुदायको उपस्थिती वृद्धि गराउने बताए । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले लोसारको वारेमा प्रष्ट पारे । नेपाल शेर्पा संघका महासचिव ङावाङ सोनाम शेर्पाले लोसार वारे छाएको अन्यौलता वारे प्रष्ट पारे । तिथिमितिको विषयमा राज्य चुकेको उनले वताए । मञ्चका महासचिव आङ दोर्जे शेर्पाले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा शेर्पाले प्रस्तुत गरेको विज्ञप्तिको पूर्णपाठः
‘भाषा, धर्म, कला, संस्कृती र परम्परालाई संरक्षण
सम्बद्र्धन गर्ने हाम्रो दायित्व ।’
बक्तव्य
उपस्थित पत्रकार मित्रहरु,
मुलुक संविधान जारी भई कार्यान्वयनको अवस्थामा छ ।
संविधानले सवै धर्मलाई समान दृष्टिले हेर्ने निधो गरेको
अवस्थामा धार्मिक सहिष्णुता, जातीय सद्भाव, आपसी
भाइचाराको नातालाई अझ प्रगढ बनाउनु पर्दछ । संघात्मकरुपमा मुलुकको पुनः संरचना हुँदै गर्दा जातीय पहिचान र स्वाधिनताका कुराहरु उठिरहेका छन् । विशेषता जातिको भाषा, संस्कार, संस्कृती, परम्परागत मान्यता, कला र लिपीलाई जोगाउँदै यसको सम्बद्र्धन प्रबद्र्धनमा अघि बढ्नु पर्ने आवश्यकता हाम्रो सामु छ ।
यसै सन्दर्भमा शेर्पा समुदायले २१४३ औं मे फो टे लो नयाँ बर्षको अवसरमा ग्याल्पो लोसार भव्य रुपमा मनाइरहेको छ । यस बर्ष माघ २६ मै तिथी अनुसार लोसार परेको भएपनि सरकारी पात्रोमा भने फाल्गुन २६ इंगित गरेको छ ।
ग्याल्पो लोसार तिथीदेखि एक महिनाभित्र मान्ने
संस्कार अनुसार हाम्रो सगठन नेपाल शेर्पा विद्यार्थी
मञ्चले पनि लोसारकै अवसरमा शेर्पा लोसार साँझ
कार्यक्रम आयोजना गर्ने तय भएको छ । मञ्चको स्थापना कालदेखि नै यो कार्यक्रम भाव्यताका साथ एवं रितले मान्दै, कार्यक्रम आयोजना गर्दै आएको व्यहोरा
सर्वविधितै छ । आगामी चैत्र ६ गते आर्मी अफिर्सस् क्लव भद्रकालीमा हुनेकार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीका साथमा छात्रवृत्ति वितरण, कृतिमानी व्यक्तिहरुलाई सम्मान, शुभकामना आदनप्रदान, विभिन्न परम्परागत मौलिकता वोकेको शेर्पा सांस्कृतीक प्रस्तुतीहरु रहने छ ।
आयोजना हुने लोसार साँझ कार्यक्रम आफैमा एक पृथक संस्कृती वचाउन अभियान हो । भाषा, कला, लिपी,संस्कार, संस्कृती र परम्परागत मान्यतालाई स्थापित गराउँदै समुदाय, जाति–जातिवीच अधिमकालदेखि रही आएको सम्वन्धलाई अझ स्थापित गर्ने कार्यक्रमको देय रहेको छ ।
समुदायमा आर्थिक, सामाजिक, सांस्कृतीक, राजनैतिकसँगै शैक्षिक जागरण समेत ल्याउन सांस्कृतीक कार्यक्रमले नै ठूलो भूमिका खेल्न सक्ने तथ्यलाई हृदायांगम गर्दै लोसार साँझ कार्यक्रम आयोजना गरिएको छ ।
शेर्पा जातिको पहिचानलाई स्थापित गराउँदै समाज
रुपान्तरण, सामाजिक मूल्य मान्यतालाई स्थापित गराउने,शिक्षित समाजको परिकल्पना सहित शिक्षामा समान अवसर प्राप्त गर्न समेत कार्यक्रमले मद्दत पुग्ने हामीले विश्वास लिएका छौं । शेर्पा लगायत विभिन्न समुदायको प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिती रहने कार्यक्रमले समय सापेक्ष रुपान्तरणका लागि वहस पैरवीको मार्ग समेत प्रसस्त हुने छ । राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीले कलाजगतको श्रीवृद्धिमा र आम युवा, विद्यार्थीहरुलाई कलाकारितामा लाग्न समेत प्रेरणा मिल्ने छ । कार्यक्रममा सहभागिहरुलाई फर्कन यातायातको व्यवस्था समेत छ ।। कार्यक्रममा १ हजार भन्दा बढीको सहभागि रहने र कार्यक्रममा सहभागि भई कार्यक्रमका वारेमा आवश्यक समाचार तपाईहरुको लोकप्रिय सञ्चारमाध्यम मार्फत संप्रेशन गरी सहयोग
गरीदिनु हुन यसै विज्ञप्ति मार्फत अपिल गर्दछौं ।

Tuesday, September 29, 2015

भारतले गरेको अघोषित नाकाबन्दीबाट नेपालले सिक्नु पर्ने पाठ्हरु:-

भारतले गरेको अघोषित नाकाबन्दीबाट नेपालले सिक्नु पर्ने पाठ्हरु:-

१) बिस्वाकै जलस्रोतको दोस्रो धनी देश भएकोले यी नदिहरुबाट उत्पादन हुनसक्ने ८३ हजार MW बिदुत  उत्पादनमा लगानी गरि खाना पकाउन हिटर प्रयोगमा ल्याई ग्यासमुक्त देश बनाउन,

२) बिधुतबाट रिचार्ज हुने  मोटरसाइकल,गाडिहरु ल्याई पेट्रोल र डिजेलमा पर्दै अएको निर्भरतालाई शुन्यमा झर्दै गाडिबाट हुने वातावरण पदूषण मुक्त देशको रुपामा बिकासित गराउने,

३) अमेरिकामा नरेन्द्रमोदिले शान्तिको बाटोमा हिड्न नजान्नेहरु  बुद्ध नेपालमा जन्मेको भन्न लाज लग्दैन ? भन्ने अभिव्यक्ति दिएका थिए जुन अभिव्यक्तिलाई गलत सबित गर्दै ,शान्तिको बाटोमा हिंड्न सिकेर बुद्ध नेपालमै जन्मेको हो भनेर नेपाललाई बिस्वामा स्पष्ट चिनाउन,

४) नेपालमा रहेको प्राकृतिक स्रोतको अधिक परिचालन गरि उपभोक्तको परिचयलाई उत्पादक मा परिनर्तन गरि दैनिक अत्यावश्यक बस्तुहरु आयात हैन निर्यत गराउन भिखरी सरकारको ध्यानाकर्षण गर्दै समृद्ध नेपालको निर्माण गर्न,

५) घरायसी बिबाद भै रहदा यसरी अघोषित नाकाबन्दी अर्को देशले गर्नुलाई "भाइ फुटे घरबर लुटे" उखानलाई धुर्बसत्यको रुपमा बिकासित गराउदै, देश भित्रै जातीय,बर्गिय,लैङ्िगक,धर्मिक,सम्प्रदायिक बिबेद गर्ने बानीलाई अन्त्य गरि समान्तामुलक समाजको रुपामा बिकासित गराउन ।

६) यसरी नाकाबन्दी हुँदा भाषण भन्दा रासन नेपाली जानतको लागि ठूलो कुरा रहेछ भन्ने कुरा भुझी भाषणमुखी नेताहरु रासनमुखी हुँदै कृषिप्रधान देशमा आधुनिक तरिकाबाट कृषि गर्ने तरिका कृषकहरूलाई सिकाई  उत्पादनमा वृद्धि  गरि नेपाली युबाहरुलाई स्वरोजगर बनाउदै देशलाई आत्मनिर्भर बनाउन।

नुरु शेर्पा
केन्द्रिय सचीव
शेर्पा युबा संघ,नेपाल।

Featured Post

सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा

शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...