Friday, March 18, 2016

दर्ता भएको मध्ये २१% मात्र नवीकरण ।

शेर्पा ई-निउज । सोलुखुम्बु - सामाजिक सेवा गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलय सोलुखुम्ुबुमा दर्ता भएका गैरसरकारी संस्थाहरु मध्ये २१ प्रतिशतले मात्र नवीकरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालयको दर्ता फाँटमा रहेको तथ्यङ्क अनुसार सोलुखुम्बु जिल्लालाई कार्यक्षेत्र मानी ५ सय १ वटा सामाजिक संघसंस्थाहरु दर्ता भएका छन् । जसमध्ये हाल सम्म १ सय ७ वटा सामाजिक सँघ संस्थाले मात्र नविकरण गरेको छ । नवीकरण हुदै आएका २१ प्रतिशत गैरसरकारी संस्थाहरु मध्ये पनि अधिकाँशले समयमै साधारण सभा, लेखापरीक्षण तथा नवीकरण गर्न नसकेर हजर्ना तिरेर नविकरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी पँकज भुर्तेलले बताउनु भयो ।
 गैरसरकारी संस्थाहरु दर्ता गर्ने प्रतिस्पर्धाका कारण यत्तिका धेरै संख्यामा संघसंस्थाहरु दर्ता भएको हुनसक्ने सहायक प्रमुख जिल्ला भुर्तेलको ठहर छ । ‘सबै नविकरण भएको भए २ लाख ५० हजार ५ सय राजस्व संकलन हुनु पर्ने हो तर सबै नविकरण हुन नसक्दा राजश्व पनि जम्मा हुन सकेको छैन ।’ 
दर्ता भएका संघसंस्थाको नवीकरण गर्नैपर्ने र पाँच वर्षसम्म नविकरण नगर्दा पनि दर्ता सूचीबाटै हटाउने व्यवस्था नभएकोले पनि प्रत्येक साल नविकरण हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी भुर्तेलको भनाई छ ।

No comments:

Post a Comment

Featured Post

सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा

शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...