Tuesday, September 29, 2015

भारतले गरेको अघोषित नाकाबन्दीबाट नेपालले सिक्नु पर्ने पाठ्हरु:-

भारतले गरेको अघोषित नाकाबन्दीबाट नेपालले सिक्नु पर्ने पाठ्हरु:-

१) बिस्वाकै जलस्रोतको दोस्रो धनी देश भएकोले यी नदिहरुबाट उत्पादन हुनसक्ने ८३ हजार MW बिदुत  उत्पादनमा लगानी गरि खाना पकाउन हिटर प्रयोगमा ल्याई ग्यासमुक्त देश बनाउन,

२) बिधुतबाट रिचार्ज हुने  मोटरसाइकल,गाडिहरु ल्याई पेट्रोल र डिजेलमा पर्दै अएको निर्भरतालाई शुन्यमा झर्दै गाडिबाट हुने वातावरण पदूषण मुक्त देशको रुपामा बिकासित गराउने,

३) अमेरिकामा नरेन्द्रमोदिले शान्तिको बाटोमा हिड्न नजान्नेहरु  बुद्ध नेपालमा जन्मेको भन्न लाज लग्दैन ? भन्ने अभिव्यक्ति दिएका थिए जुन अभिव्यक्तिलाई गलत सबित गर्दै ,शान्तिको बाटोमा हिंड्न सिकेर बुद्ध नेपालमै जन्मेको हो भनेर नेपाललाई बिस्वामा स्पष्ट चिनाउन,

४) नेपालमा रहेको प्राकृतिक स्रोतको अधिक परिचालन गरि उपभोक्तको परिचयलाई उत्पादक मा परिनर्तन गरि दैनिक अत्यावश्यक बस्तुहरु आयात हैन निर्यत गराउन भिखरी सरकारको ध्यानाकर्षण गर्दै समृद्ध नेपालको निर्माण गर्न,

५) घरायसी बिबाद भै रहदा यसरी अघोषित नाकाबन्दी अर्को देशले गर्नुलाई "भाइ फुटे घरबर लुटे" उखानलाई धुर्बसत्यको रुपमा बिकासित गराउदै, देश भित्रै जातीय,बर्गिय,लैङ्िगक,धर्मिक,सम्प्रदायिक बिबेद गर्ने बानीलाई अन्त्य गरि समान्तामुलक समाजको रुपामा बिकासित गराउन ।

६) यसरी नाकाबन्दी हुँदा भाषण भन्दा रासन नेपाली जानतको लागि ठूलो कुरा रहेछ भन्ने कुरा भुझी भाषणमुखी नेताहरु रासनमुखी हुँदै कृषिप्रधान देशमा आधुनिक तरिकाबाट कृषि गर्ने तरिका कृषकहरूलाई सिकाई  उत्पादनमा वृद्धि  गरि नेपाली युबाहरुलाई स्वरोजगर बनाउदै देशलाई आत्मनिर्भर बनाउन।

नुरु शेर्पा
केन्द्रिय सचीव
शेर्पा युबा संघ,नेपाल।

No comments:

Post a Comment

Featured Post

सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा

शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...