"उत्कृष्ट पर्यटकीय स्थाल बन्न सक्छ घ्याङ्खर्क "
=========================== नेपाल एक सुन्दर देश हो । यो आकारमा सानो भएता पनि प्राकृतिक सुन्दरता तथा कला संस्कृतिको दृष्टिकोणमा विशाल छ ।
बिस्वको सर्बोच्च शिखर सगरमाथाको देश, बिस्व शान्तिको अग्रदुत बुद्धको जन्मस्थल यहि आवस्थित छ । बिस्वको सर्बोच्च स्थान ८,८५८ मिटर देखि धनुषाको मुसाहरनिया ५९ मिटर सम्मको भौगोलिक बिबिधता रहेको मुलुक हो ।
नेपाल एक बिस्वको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा बिस्वमा परिचित भैसकेको छ । नेपालको प्राकृतिक अनुपम सुन्दरता र संस्कृतिक बिबिधता लगायतका विशेषताका कारण पर्यटन क्षेत्र फस्टाएको छ । यति हुँदा हुँदै पनि पर्यटकीय दृस्टीले उत्कृष्ट संभावना बोकिएको नेपालका हजारौं पर्यटकीय स्थालहरुको बिकास गर्न सकिरहेको छैन ।
त्यस्तै एक मनोहोरित सुन्दर दृश्य अवलोकनका लागि उत्कृष्ट भिउ पोइन्टको रुपमा सोलुखुम्बुको "घ्याङखर्क डाँडा" लाई लिन सकिन्छ । यो सोलुखुम्बुको सदरमुकाम देखि दक्षिण मा अवस्थित छ । घ्याङ्खर्क समुन्द्री सतहबाट लगभग ३,६०० मिटरको उचाईमा सोलुखुम्बुको गुदेल र खोटाङ जिल्लाको सुङ्देल र भाकाचोला गबिसलाई छुटाउने सिमानाको रुपमा ठडिएको छ ।
यस भिउ पोइन्ट बाट पुर्बका कन्चन जङ्ग , मकलु , कुसुम खङ्कारु , मेरा पिक , लगायत महालङ्गुर हिमशृङ्खलका सयौं पिक तथा हिमालको दृश्यलाई कैद गर्न सकिन्छ । त्यस्तै दक्षिणमा उदयपुर, सिराहा ,खोटाङ लगायतका सुन्दर फाँट अनि गुदेल, बुङ ,छेस्काम लगाएत सोलुखुम्बु , संखुवासभा तथा भोजपुरको अधिकांश भुभागको अवलोकन गर्न सकिन्छ ।
चौरी गाईको मायालु आवाज अनि नौरङ्गी डाँफेको सुरिलो स्वार साथै सल्ला , धुपि र सिमलको त्यो गुन्जयमान अनि मुटु छुने संगितमय ध्वनिले सबैको मन लोभ्याउने निश्चित छ । अनि शेर्पा संस्कृति संग गाँसिएको पुरातत्विक "माने" तथा शेर्पा ,तामाङ तथा राईको संस्कृति तथा जिबनशैली बिशेश गरि आकर्षण केन्द्र बिन्दुको रूपमा लिन सकिन्छ ।
पर्यटकीय दृस्ठिकोणले सुन्दर घ्याङखर्कको प्रबर्द्धन गर्न् जरुरी छ । उत्कृष्ट गन्तव्य स्थालको रुपमा स्थापित गर्न सबैले आअफ्नो ठाउँबाट साथ् र सहयोग गर्न जरुरी छ । नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित पर्यटनको बिकासमा नयाँ पर्यटकीय स्थालको पहिचान गर्न जरुरी छ । घ्याङ्खर्क पर्यटकीय संभावना बोकेका विभिन्न स्थाल मध्ये एक प्रतिनिधि मात्र हुन । देशमा घ्याङखर्क जस्ता पर्यटकीय संभावना बोकेका हजारौं स्थालहरु छ्न । जसको परिचान तथा बिकासमा संबन्धित सबैको सकारात्मक ध्यानाकर्षण होस ।
पढिसके पछि तपाइँको अमुल्य प्रतिक्रिया दिन नबिर्सनु होला ।
थुजिछे !
धन्यवाद !!
नुरु शेर्पा
गुदेल ६ नुर्कुम सोलुखुम्बु ।
nurusherpa98@gmail.com
No comments:
Post a Comment