Sunday, September 13, 2015

शेर्पा पर्देशमा बन्दा सफल।

हिमाली जिल्ला सोलुखुम्बु सहित ६ वाट जिल्ला समेटेर  शेर्पा प्रदेश सुनिस्चित गर्न माग गर्दै शेर्पाहरुले आइतबार सोलुखुम्बुसहित ६ जिल्ला बन्द गराएका छन्। बन्दका कारण शेर्पा प्रदेशको जनजीवन प्रभावित भएको छ।
हालसम्म बन्द हड्ताल नभएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा शेर्पाहरुले पहिलो पटक बन्द गराएका हुन्। बन्दका कारण यातायात तथा विद्यालय संचालन भएनन्। बिशेष गरी सदरमुकाम सल्लेरीका होटल लज तथा पसलहरु पुर्ण रुपमा बन्दा भएका छन्  । भनेसल्लेरीबाट काठमाडौं तथा अन्य स्थानका लागि छुट्नेसवारी साधनहरु छुट्न सकेका छैनन् । सडकमा बिहानैदेखि मोटरसाइकलसमेत गुड्न सकेको छैन्। सोलुखुम्बुलाई पुर्ण रुपमा बन्द गराइएको यो पहिलो पटक हो।
बिहानैदेखि बौद्ध धर्मावलम्बी, शेर्पा समुदाय आफ्नो भेषमा सडकमा उत्रिएका थिए । बन्दाकर्ताहरुले शेर्पा प्रदेश सुनिस्चित गराउन शान्तिपुर्ण रुपमा नारा जुलुस गरेको थियो । बन्दाकर्ताले पुर्ब सुचनालाई अवज्ञा गरेको भन्दै फाप्लु बिमानस्थलमा अबतरण गरिएको नेपाल एयरलाइन्सको टुइनअटर बिमानमा पेट्रोल बम प्रहार गर्ने प्रयास गरेका थिए। शेर्पाहरुले नाराबाजी गर्न थलेपाछी प्रहरी निरीक्षक कुन्दन देबको कमाण्डमा नेपाल प्रहरी सुरक्षाका निम्ति खटिए । त्यस्तै बन्दका कारण आज बुबाको मुख हेर्ने दिन आफन्त र माइत जान लागेका महिलाहरु समेत पैदल यात्रा तय गरेका छन्। बन्दका कारण वित्तीय सस्थाहरु समेत संचालन भएका छैनन् ।

No comments:

Post a Comment

Featured Post

सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा

शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...