Monday, September 14, 2015

धर्मनिरपेक्ष सुनिस्चित ।

शेर्पाइनिउज:-
नयाँ संविधानमा अहिलेकै राष्ट्रिय झण्डा
धर्मसम्बन्धी व्यवस्थासहितको १३ धारा पारित
संविधानका ८ वटा धारा पारित
संशोधन प्रस्तावमाथिको मतदान जारी, चारवटा धारा पारित
हिन्दु राष्ट्रको माग अस्वीकृत
संविधान सभामा मतदान जारी:
नेपाल धर्म निरपेक्ष, राष्ट्रिय जनावर गाई
हुने (अपडेट)
संविधानको परिमार्जित विधेयकमाथि साेमबार ११ बजेदेखि प्रत्येक धारामा मतदान
भइरहेको छ। आइतबार साँझ संविधान सभाले धारा १, २ र ३ लाई पारित गरेका
थिए। सोमबार धारा ४ देखि मतदान भइरहेको छ।
धारा ४ नेपाल राज्य: नेपाल धर्म निरपेक्ष मुलुक हुनेछ भन्ने उल्लेख भएको
यो धारा पारित भएको छ। राप्रपा नेपालका कमल थापा लगायतले यो धारामाथि संशोधन
प्रस्ताव राखेका थिए। हिन्दू राष्ट्र हुने भन्ने संशोधन संविधान सभाको
बहुमतले अस्वीकृत गरेको छ। तीन दलले पनि यो
धारामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। संशोधनअनुसार 'धर्मनिरपेक्ष
भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक,
सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ' उल्लेख छ।
धारा ५ राष्ट्रिय हित: सभासद श्याम श्रेष्ठ तथा सभासद गोपाल दलित,
विश्वेन्द्र पासवानले राखेको संशोधन पनि अस्वीकृत गर्दै
तीन दलको संशोधन प्रस्ताव स्वीकृत भएको छ।
तीन दलको संशोधनमा 'स्वाभिमानको रक्षा, नेपालीको
हक तथा' भन्ने शब्दको ठाउँमा 'स्वाभिमान, नेपालीको हक
हितको रक्षा' भन्ने शब्दावली थियो।
धारा ६ राष्ट्रभाषा: यो धारामाथि सभासद लक्ष्मण राजवंशीले राखेको
संशोधन प्रस्ताव अस्वीकृत भएको छ। त्यसपछि भएको मतदानले
यो धारा जस्ताको तस्तै पारित गरेको छ।
धारा ७ सरकारी कामकाजको भाषा : यो धाराको संशोधनका लागि श्याम
श्रेष्ठ, शिवलाल थापा, यशोदाकुमारी लामा, गोपाल दहितले संशोधन
प्रस्ताव राखेका थिए। उनीहरुको संशोधन प्रस्ताव
अस्वीकृत गर्दै संविधान सभाले देवनागरी
लिपीमा लेखिने नेपाली भाषा सरकारी
कामकाजको भाषा हुने लगायतको व्यवस्थालाई पारित गरेको छ।
धारा ८ राष्ट्रिय झन्डा : सभासद रामकुमार राईले यो धारामाथि संशोधन प्रस्ताव
दर्ता गराएका थिए। संविधान सभाले त्यसलाई अस्वीकृत गर्यो।
संविधान सभाले 'सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको
दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको
बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा
बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको
राष्ट्रिय झण्डा हो', भन्ने यो धारालाई बहुमतले स्वीकृत गरेको
छ।
धारा ९ राष्ट्रिय गान इत्यादि: सभासद शिवलाल थापाले राष्ट्रिय जनावर गाई राख्न
नहुने भन्दै संशोधन तथा नेमकिपाकी यशोदाकुमारी
थापा मगरले राखेको राष्ट्रिय जनावर गैँडा हुनुपर्छ भन्ने संशोधन संविधान
सभाले अस्वीकृत गरेको छ। दाैरा सुरूवाल र गुन्यु
चाेली राष्ट्रिय पोशाक बनाउनुपर्छ भन्ने सभासद कुमार खड्काको
संशोधन प्रस्ताव पनि अस्वीकृत भयो। यसैगरी
राष्ट्रिय जनवार गाई राख्नु हुँदैन भन्ने सभासद विश्वेन्द्र पासवानको प्रस्ताव
पनि अस्वीकृत भयो।
कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले
स्वीकृत यो। संशोधनमा 'नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग
हुनेछ', उल्लेख छ। 'नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय
रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ'
भन्ने यो धारा उक्त संशोधन सहित पारित भएको हो।
धारा १० नागरिकताबाट वञ्चित नगरिने : यो धारा संशोधनका लागि सभासद
चित्रबहादुर केसीले संशोधन प्रस्ताव दर्ता गराएका थिए। उनले
'प्रादेशिक पहिचानसहितको एक संघीय' भन्ने
शब्दावली हटाएर 'एकल नागरिकता' राख्न माग गरेका थिए।
संविधानसभाले उनको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत
गर्यो। सभासद अनुराधा थापाको संशोधन प्रस्ताव पनि अस्वीकृत
भयो। यो धारामा '(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त
गर्ने हकबाट वञ्चित गरिनेछैन तथा (२) मा नेपालमा प्रादेशिक पहिचान
सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ',
उल्लेख छ।
धारा ११ नेपालको नागरिक ठहर्नेः यो धारा संशोधनका लागि सभासद रेखा शर्मा,
कुमार खड्का, चित्रबहादुर केसी, अनुराधा थापा मगरले संशोधन
प्रस्ताव राखेका थिए। साथै शिवलाल थापा, यशोदाकुमारी र कुन्ति
शाहीले तथा हरिचरण साह, श्याम श्रेष्ठले राखेको संशोधन पनि
अस्वीकृत भएको छ।
धारा १२ वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता :
सभासद हरिचरण साहको संशोधन प्रस्ताव अस्वीकृत भयो। 'यो
संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले
निजको आमा वा बाबुको नामबाट लैंगिक
पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ', भन्ने
व्यवस्थालाई संविधान सभाले पारित गरेको छ।
धारा १३ नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति : यो धारामाथि कसैले पनि
संशोधन प्रस्ताव राखेका थिएनन्। यो बहुमतले स्वीकृत भएको
छ।
धारा १४ गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न
सकिने: यो धारामा सभासद रामकुमार राईले संशोधन प्रस्ताव दर्ता गराएका थिए।
उनको प्रस्ताव बहुमतले अस्वीकृत गर्यो। 'विदेशी
मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली
क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा
बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा
आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई
संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार
उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय
नागरिकता प्रदान गर्न सकिनेछ', भन्ने यो धारालाई बहुमतले पारित गरेको छ।
धारा १५ नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था : यो धारा
संशोधनका लागि सभासद शिवलाल थापा र यशोदाकुमारीले संशोधन
प्रस्ताव राखेका थिए। उनीहरुको प्रस्ताव बहुमतले
अस्वीकृत गर्यो। 'नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने
गरी
अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था
संघीय कानून बमोजिम हुनेछ', भन्ने व्यवस्थालाई संविधान सभाले
बहुमतले पारित गरेको छ।

No comments:

Post a Comment

Featured Post

सरकारी जागीर छडेर चुनाव लड्दै २२ बर्षिय पेमा शेर्पा

शेर्पा-इनिउज २७ जेष्ठ। शेर्पाहरु विशेष गरि राजनीतिमा खासै रुचि देखाएको देखिदैन । जसमा पनि शेर्पा महिलाहरुको राजनीतिमा अत्यन्तै न्यून स्थान...